Pura Samachar

कोरोनाको उपचार गर्न टेकु अस्पतालले माग्यो ४४ स्वास्थ्यकर्मी

प्रकाशित: ३ हप्ता पहिले
पूरा समाचार

कोरोनाको उपचार गर्न टेकु अस्पतालले माग्यो ४४ स्वास्थ्यकर्मी

९ चैत, काठमाडौं । टेकुस्थित शुक्रबार ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोना भाइरस संक्रमितको उपचार गर्न ४४ स्वास्थ्यकर्मी माग गरेको छ ।

कोरोना भाइरसको संक्रमण विश्वव्यापी बनिरहेका बेला देशकै एकमात्र सरुवा रोग अस्पतालले तीन महिनाका लागि कर्मचारी माग गरको हो ।

माग गरिएका जनशक्तिमा कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट, मेडिकल अधिकृत, नर्सिङ अधिकृत र स्टाफ नर्स छन् ।

अस्पतालले आइतबार एक सूचना जारी गर्दै इच्छुक व्यक्तिहरूलाई पाँच दिनभित्र आवेदन बुझाउन आग्रह गरेको छ ।

प्रतिक्रिया