समाचार एजेन्सी रोयटर्सको अनुसार उत्तर कोरियाले आइतबार बिहान पूर्वी तटमा छोटो दूरीको आठ ब्यालेस्टिक मिसाइल परिक्षण गरेको छ ।
दक्षिण कोरिया र अमेरिकाले आफ्नो पहिलो संयुक्त सैन्य अभ्यास सम्पन्न गरेपछि उत्तर कोरियाले पनि आफ्नो मिसिइल परिक्षण गरेको हो ।
दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफले यी मिसाइलहरू उत्तर कोरियाको राजधानी प्योङयाङको सुनान क्षेत्रबाट प्रहार गरिएको रोयटर्सले बतएका छन् ।
जापानको क्योडो समाचार एजेन्सीले सरकारी स्रोतलाई उद्धृत गर्दै उत्तर कोरियाले एकैपटक धेरै मिसाइल प्रहार गरेको जनाएको छ ।
उत्तर कोरियाली मामिलाका लागि अमेरिकी विशेष दूतसँग किम दक्षिण कोरियाको भ्रमणमा गएपछि उत्तर कोरियाले यस्तो गरेको हो ।
उनले आफ्ना दक्षिण कोरिया र जापानी समकक्षीसँग भेट गरेका थिए । सन् २०१७ यता उत्तर कोरियाले पहिलो पटक आणविक परीक्षण गर्ने सम्भावना छ ।
अमेरिकाले उत्तर कोरियालाई आफ्नो कूटनीतिको ढोका खुला रहेको र प्रतिबन्धहरु खुकुलो पार्ने विषयमा छलफल गर्न पनि तयार रहेको स्पष्ट रुपमा बताएको छ ।
गत साता अमेरिकाले संयुक्त राष्ट्रसंघमा उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाउन चाहेको थियो तर चीन र रुसले त्यसमा भिटो लगाएका थिए ।
सन् २००६ पछि चीन र रुसले उत्तर कोरियामाथि प्रतिबन्ध लगाउन संयुक्त राष्ट्र सुरक्षा परिषद्मा भिटो लगाएको यो पहिलो पटक हो । २००६ मा, उत्तर कोरियाले आफ्नो पहिलो परमाणु परीक्षण गर्यो।
प्रतिक्रिया