काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मंगलवार देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । देशभरका पहाडी भूभागका धेरै स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
गण्डकी प्रदेश, कर्णाली तथा लुम्बिनी प्रदेशका केही स्थानमा मुसलधारे वर्षाको पनि सम्भावना रहेको छ।
मंगलवार राती देशभर सामान्य देखिपूर्ण बदली रहनेछ । देशभरका पहाडी भू-भागका धेरै स्थानहरुमा र बाँकी भू-भागका केही स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
प्रदेश नं १, मधेश प्रदेश,गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मुसलधारे वर्षाको पनि सम्भावना रहेको महाशाखाले विज्ञप्तिमार्फत जनाएकाे छ।
प्रतिक्रिया