Pura Samachar

२४ घन्टामा देशभर थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

प्रकाशित: असार १४, २०७९

२४ घन्टामा देशभर थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

पछिल्लो २४ घन्टामा देशभर थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ४४ जनामा संक्रमण पुष्टि भएको हो।

दुई हजार ७९८ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

एक हजार ८५२ जनाको पिसिआर र एक ९४६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर २२९ जना सक्रिय संक्रमित छन्।

प्रतिक्रिया