डा. हरिमोहन पोखरेल
कोहिमा /मणिपुर राज्यका मुख्यमन्त्री एन बिरेन आज इम्फाल पश्चिम जिल्ला अंतर्गत लमफेलपाट स्थित पोनी फार्मको भ्रमण गरेको समाचार प्राप्त भएको छ ।
मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार अनुसार मुख्यमन्त्री बिरेनले मणिपुरको पारंपरिक खेल पोलोको लागि पोनी (घोडा )को हेरचाह गरिनुपर्ने र उनीहरूको उत्थानको लागि विभिन्न पाइलाहरू चालिने कुरा पनि बताए ।
उनले अगाडि भने कि पोलो खेल मणिपुरको सबैभन्दा पुरानो खेल यसको उत्थानको लागि पोनी र खिलाडी दुवै नै स्वास्थ्य हुनु अति नै आवश्यक हुनुपर्ने कुरा पनि राखे ।
यसै भ्रमणमा उनले आफै पनि पोनीको सवारी गरे ।यस अवसरमा राज्यका सिविल र पुलिसका अधिकारीहरूको उपस्थिति रहेको थियो ।
स्मरण रहोस् राज्यका मुख्यमन्त्री मणिपुरको सर्वाङ्गीण विकासको लागि निरंतर काम गरि रहेका छन ।जो आफैमा एउटा इतिहास हो ।
प्रतिक्रिया