Pura Samachar

बार्सिलोनाकाे सहज जित

प्रकाशित: भदौ २६, २०७९

बार्सिलोनाकाे सहज जित

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले काडिजलाई ४-० गोल अन्तरले हराएको हो ।

बार्सिलोनाको जितमा फ्रान्की डी योङ, रोबर्ट लेवान्डोस्की,अन्सु फाती, ओसुमाने डेम्बेलेले एक एक गोल गरे ।

खेलको ५५ औं मिनेटमा फ्रान्कीले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए ।

६५ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई २-० को अग्रता  दिलाए ।

खेलको ८५ औं मिनेटमा दर्शकको स्वास्थ्यमा समस्या आएपछि खेल केहि समय रोकिएको थियो ।

दर्शकको स्वास्थ्यमा समस्या आएपछि काडिजका गोलरक्षक लेडेज्माले तत्कालै स्वास्थ्य उपकरण बिरामी दर्शकसम्म पुर्याउन मदत गरेका थिए ।

फेरि सुरु भएको खेलको ८६ औं मिनेटमा फातीले गोल गर्दै बार्सिलोनालाई ३-० को अग्रता दिलाए  ।

त्यसपछि खेलको इन्जुरी समयमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई ४-० को जित दिलाए ।

यस जितसँगै बार्सिलोनाले ५ खेलमा १३ अंक जोडेको छ ।

बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

काडिज अंक विहीन रहदै पुछारमा रहेको छ ।

प्रतिक्रिया