Pura Samachar

बुधवारसम्म संसदीय दलको नेता चयन हुने:गगनकुमार थापा

प्रकाशित: पुस २, २०७९

बुधवारसम्म संसदीय दलको नेता चयन हुने:गगनकुमार थापा

काठमाडौँ । नेपाली काँग्रेस महामन्त्री गगनकुमार थापाले मङ्गलवार या बुधवारसम्म संसदीय दलको नेता चयन हुने दाबी गरेका छन्।

थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा नवनिर्वाचित सांसदका लागि आयोजना गरेको चियापान कार्यक्रममा भोलि ३ बजे काँग्रेस कार्यसम्पादन समिति बैठक बोलाइएको भोलि नै निर्वाचन समिति बन्ने बताए।

काँग्रेस नेता शेखर कोइरालाले संसदीय दलमा को लड्ने भन्ने विषय नितान्त काँग्रेसभित्रको कुरा भएको प्रतिक्रिया दिएका छन्। प्रमुख दल काँग्रेसभित्र संसदीय दलको नेताका लागि आधा दर्जन नेताबीच रस्साकस्सी चलिरहेको छ।

काँग्रेस संस्थापन पक्षले सभापति शेरबहादुर देउवालाई संसदीय दलको नेताका रूपमा अगाडि सारे पनि संस्थापनइतर समूह अझै अलमलमै छ ।

इतर समूहको आधिकारिक उम्मेदवारबारे आकाङ्क्षीबिच सहमति बनिसकेको छैन। कोइराला र महामन्त्री गगन थापा आकाङ्क्षी छन्।

प्रतिक्रिया