काठमाडौं । राजधानीमा जारी रहेको पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगमा लुम्बिनी अल स्टारले काठमाडौं नाईट्सलाई लजास्पद रुपमा पराजित गरि लगातार पाचौं जित कात पारेको छ ।
लुम्बिनीले काठमाडौंलाई ३५ रनले पराजित गरेको छ । टियु मैदानमा लुम्बिनीले दिएको १ सय ५१ रनको लक्ष्य काठमाडौंले २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन मात्र बनायो ।
काठमाडौंका लागि अजमतुल्लाह उमरजाईले ३८ रनको सवार्धिक ठूलो ईनिङ खेले । सुनाम गौतमले १८ रन बनाउँदा एलेक्स ब्लेकले ११ रन बनाए ।
काठमाडौंका लागि लोकेश बम आपुले सामना गरेको पहिलो बलमा नै आउट हुँदा कप्तान ज्ञानेन्द्र मल्ल तथा विरनदिप सिंह डग आउट भए । कमलसिंह ऐरीले अविजित १९ रन बनाए ।
लुम्बिनीका लागि हरमित सिंहले ३ तथा किशोर महतो,श्याड्ली भान,तिलक भण्डारी र ह्यारी टेक्टरले समान १/१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५० रन बनायो ।
लुम्बिनीका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले २७ बलमा ४० रनको ईनिङ खेले । लाहिरु मिलन्थाले २५ तथा स्याड्ली भानले २१ रन बनाए । कुशल भुर्तेलले १९ रन बनाए ।
अनिल शाह १३ रनमा आउट हुँदा हरमित सिंहले १२ बनाए । काठमाडौंका लागि अजमतुल्लाह उमरजाईले २ तथा अभिनाश बोहोरा,एलेक्स ब्लेक,सुनाम गौतम र अनिल खरेलले समान १र१ विकेट लिए ।
पाँच खेलमा अपराजित लुम्बिनी ५ खेलमा १० अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । चार खेलमा दुई जित हात पारेको काठमाडौं ४ खेलमा ४ अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।
आज नै दोस्रो खेलमा फार वेस्ट युनाईटेड र पोखरा एभेन्जर्सबिच खेल रहेको छ । यस प्रतियोगिताको फाईनल खेल २७ गते हुनेछ ।
डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ । यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ । यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ ।
त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् ।
इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ । प्रतियोगिताको हरेक दिन दुई खेल हुनेछ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ ।
यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।
प्रतिक्रिया