Pura Samachar

फ्रेण्ड्स क्लब र एपीएफ क्लबले बराबरी खेल्दै अंक बाँढे

प्रकाशित: बैशाख १४, २०८०

फ्रेण्ड्स क्लब र एपीएफ क्लबले बराबरी खेल्दै अंक बाँढे

  1. काठमाण्डौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा फ्रेण्ड्स क्लब र एपीएफ क्लबले बराबरी खेल्दै अंक बाँढेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार सम्पन्न १३ औं चरणको खेलमा यी दुई टोलीले १-१ गोलको बराबरी खेल्दै अंक बाँढेको हो ।

खेलमा लिएको शुरुवाती अग्रतालाई अन्तिम समयसँम्म जोगाउन नसक्दा एपीएफ बराबरी खेल्न बाध्य एको हो ।

२६ औं मिनटमा प्रदीप लामाले गोल गरेपछि पहिलो हाफमा एपीएफ १-० ले अघि रहेको थियो ।

त्यसपछि खेलको ५१ औं मिनटमा फ्रेन्ड्सका रफिक अमनुले गोल गरेपछि खेल १-१ गोलको बराबरीमा सकिएको हो ।

यस बराबरीसँगै एपीएफले १३ खेलबाट १८ अंक जोडेको छ । यस्तै फ्रेन्ड्सले समान खेलमा १५ अंक जोडेको छ ।

प्रतिक्रिया