Pura Samachar

मोरक्कोले दक्षिण कोरियामाथि स्तब्धपूर्ण १–० को जित हात

प्रकाशित: साउन १४, २०८०

मोरक्कोले दक्षिण कोरियामाथि स्तब्धपूर्ण १–० को जित हात

एजेन्सी । मोरक्कोले वुमेन्स वर्ल्डकप २०२३ मा आइतबार समूह ‘एच’ मा दक्षिण कोरियामाथि स्तब्धपूर्ण १–० को जित हात पारेको छ । यो अफ्रिकी देशका लागि ऐतिहासिक सफलता रह्यो ।

खेलको एक मात्र गोल इबाटिस्म जराडीले छैटौं मिनेटमा हेडबाट गरिन् । फिफा वरीयताको ७२ औं स्थानमा रहेर पनि मोरेक्कोले बलियो दक्षिण कोरियालाई हराएको हो

दक्षिण कोरिया भने लगातार दोस्रो खेलमा पराजित रह्यो । समूहको अर्को खेलमा जर्मनीले कोलम्बियाविरुद्ध हार मात्र टार्ने हो भने दक्षिण कोरिया प्रतियोगिताबाट बाहिरिनेछ ।

यसै खेलबाट मोरक्कोकी नोहाला बेन्जेनाले नयाँ इतिहास पनि रचिन् । उनी हिजाब लगाएर महिला विश्वकप खेल्ने पहिलो खेलाडी बनिन् । फिफाले सन् २०१४ मा धार्मिक कारण देखाएर हिजाब लगाउने अनुमती दिएको थियो ।

प्रतिक्रिया