Pura Samachar

दशैंपछि सेयर बजार उकालो यात्रामा

प्रकाशित: अशोज २९, २०८१

दशैंपछि सेयर बजार उकालो यात्रामा

काठमाडौं । दशैंपछि सेयर बजार उकालो यात्रामा छ । दशैं बिदापछि खुलेको कारोबारको पहिलो दिन बजार दोहोरो अंकले बढेको थियो । कारोबारको दोस्रो दिन पनि बजार परिसूचक ४३ दशमलव २२ अंकले बढेर २७४२ दशमलव ८८ को विन्दुमा पुगेको छ ।

आज ३२० कम्पनीका ६५ हजार ८ सय ४५ पटकको कारोबारमा १ करोड ३२ लाख २४ हजार ३२२ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब ६६ करोड २ लाख ३७ हजार रुपैयाँ रहेको छ ।

२०६ कम्पनीको सेयर मूल्य बढ्दा ३५ वटाको घटेको छ भने ३ वटा स्थिर रहेको छ । बुधबार १३ वटै उपसमूहमा हरियाली छाउँदा नेपाल फाइनान्समा लगानीकर्ता झुम्मिएका छन् ।

प्रतिक्रिया