काठमाडौं । अमेरिकाविरुद्धको पहिलो टी-२० आई खेलमा नेपाल १७ रनले विजयी भएको छ ।
ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालासमा नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको घरेलु टोली अमेरिकाले ७ विकेटको क्षतिमा १४७ रन मात्रै बनाउन सक्यो ।
अमेरिकाका लागि शायन जहाँगीरले सर्वाधिक नटआउट ६० रन बनाए । यस्तै आन्द्रेस गोउसले ३० र मिलिन्द कुमारले २२ रन बनाए । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३, रिजन ढकाल, करण केसी र गुल्सन झाले एक एक विकेट लिए । यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १६४ रन बनाएको थियो ।
कप्तान रोहित पौडेलले ३३ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४९ रन बनाए । दीपेन्द्र सिंह ऐरीले ले १७ बलमा २ चौका र १ छक्कासहित २८ रन बनाए ।
नेपाललाई ओपनर आसिफ शेख र अनिल साहले ५.३ ओभरमा ४८ रन जोड्दै मध्यम सुरुवात दिलाएका थिए ।
पाँचौं विकेटका लागि दीपेन्द्र र रोहितले ३८ बलमा ६६ रनको साझेदारी गरे । अनिल २७ रनमा अली खानको बलमा आउट भए । आसिफ शेख २७ बलमा ४ चौकासहित २७ रनमै स्पिनर हरम्रित सिंहको बलमा बोल्ड भए ।
गुल्सन झा ११ र कुशल भुर्तेल १० रनमा आउट भए ।
अमेरिकाका हरम्रीत सिंह र सौरभ नेत्रवालकर र जसदीप सिंहले समान २ विकेट लिए । अली खान र नोष्थुश केंजिगेले १-१ विकेट लिए ।
प्रतिक्रिया