Pura Samachar

सुनको भाउ आज ६ सय रुपैयाँले बढेर तोलाको एक लाख ६५ हजार ६ सय रुपैयाँमा

प्रकाशित: कार्तिक ५, २०८१

सुनको भाउ आज ६ सय रुपैयाँले बढेर तोलाको एक लाख ६५ हजार ६ सय रुपैयाँमा

 

काठमाडौं : नेपाली बजारमा दैनिक सुनको भाउले कीर्तिमान कायम गरिरहेको छ।हिजो तोलाको एक लाख ६५ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ६ सय रुपैयाँले बढेर तोलाको एक लाख ६५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यस्तै चाँदीको भाउ पनि आज तोलामा २० रुपैयाँले बढेको छ। आज चाँदी तोलाको दुई हजार ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। हिजो एकैदिन चाँदीको भाउ ९५ रुपैयाँले बढेको थियो।

प्रतिक्रिया