Pura Samachar

नेपाली बजारमा सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम

प्रकाशित: कार्तिक ५, २०८१

नेपाली बजारमा सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम

काठमाडौँ / मंगलबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला ३ सय रुपैयाँले बढेर आज पनि सुनको भाउले नयाँ रेकर्ड बनाएको हो ।

केही दिनयता, निरन्तर बढेसँगै आज छापावाल सुनको भाउ प्रतितोला १ लाख ६५ हजार ९ सय रुपैयाँ कायम भएको छ । सोमबार भने सुन प्रतितोला १ लाख ६५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यता, चाँदीको भाउले पनि आज नयाँ रेकर्ड बनाएको छ । सोमबार प्रतितोला २ हजार ९५ रुपैयाँ रहेको चाँदीको भाउ आज पुनः बढेर २ हजार १ सय रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया