कोहिमा /मणिपूर राज्यका मुख्यमन्त्री एन विरेनले हिजो नयाँ दिल्लीमा भएको बैठकमा भाग लिएको समाचार छ ।
एउटा विशेष सुत्रबाट प्राप्त समाचार अनुसार उनले केन्द्रको सडक एवं परिवहन मन्त्रालयको पुनर्निर्माणको लागि रहेको विभिन्न परियोजना बारे बैठकमा भाग लिएको र रहल परियोजनाको समापनको लागि पुनर्विचार गरेको पनि खबर छ ।
सुत्रले अगाडि जनाए अनुसार केन्द्रीय सडक एवं परिवहन मन्त्री नीतिन गठकरीले बताए कि पूर्वोत्तरका विभिन्न राज्यहरूमा धेरै नै परियोजनाहरु समयमा सकिएका छैनन त्यसको समापन र नवीन परियोजनाबारे अगाडि छलफल गरिनुपर्छ भनेका छन ।
बैठकमा सहभागी भए पश्चात मुख्यमन्त्री एन विरेनले भने कि राज्यको सडकको स्थितिमा अवश्य सुधार हुनेछ अनि कतिपय परियोजनाबारे पहल हुन बाकी रहेका छन ।
उनले अगाडि थपे कि राज्यको स्थितिमा भने अवश्य सुधार आउने छ ।
यस बैठकमा सबै राज्यका मुख्यमन्त्रीहरुको सहभागिता थियो।जसको परिणाम सकारात्मक हो भन्न सकिन्छ ।
डा हरिमोहन पोखरेल
प्रतिक्रिया