Pura Samachar

सत्तारुढ दलको बैठक आज बस्दै

प्रकाशित: कार्तिक ७, २०८१

सत्तारुढ दलको बैठक आज बस्दै

काठमाडौं । सय दिनमा गरेको कामको विवरण सार्वजनिक गर्ने तयारी गरेको सत्तारुढ दलको बैठक आज बस्ने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बिहान  बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

आजै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सय दिनमा गरेको कामको विवरण सार्वजनिक गर्ने तयारी गरेका छन् । त्यसअघि गठबन्धन दलसँग छलफल गर्न लागिएको बुझिएको छ ।

साथै बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, सरकारको काम कारबाही र सरकाले ल्याउने चर्चा भएको दल विभाजन सम्बन्धी अध्यादेशबारे पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया