काठमाडौं । दशैंपछि लगातार बढिरहेको सुनको भाउले कीर्तिमान बनाएको छ । आज ८ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६६ हजार ७ सय रुपैयाँ पुगेको छ ।
यसअघि हिजो तोलामा तीन सय रुपैयाँले बढेर एक लाख ६५ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।
मध्यपूर्वलगायत क्षेत्रमा बढ्दो भू–राजनीतिक अनिश्चितताका कारण व्यापारीहरूले सुनलाई सुरक्षित सम्पत्तिका रूपमा कारोबार गर्दा मागमा आएको वृद्धिसँगै भाउ बढेको हो ।
प्रतिक्रिया