Pura Samachar

प्रधानमन्त्री केपी ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रकाशित: कार्तिक ७, २०८१

प्रधानमन्त्री केपी ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं, कात्तिक ७ : प्रधानमन्त्री केपी ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।

आफ्नो नेतृत्वमा सरकार गठन भएको १ सय दिन पुगेको अवसरमा प्रधानमन्त्री ओलीले सरकारको प्रगति विवरण सार्वजनिक गर्दै सम्बोधन गर्न लागेका हुन्।

प्रधानमन्त्री ओलीले दिउँसो ३ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट सम्बोधन गर्ने छन्।

नेकपा एमालेको नेतृत्वमा असार ३० गते नयाँ सरकार गठन भएको थियो।

प्रतिक्रिया