Pura Samachar

मणिपूरमा विकलांगहरुलाई सरकारले घर बनाइदिने

प्रकाशित: कार्तिक ८, २०८१

मणिपूरमा विकलांगहरुलाई सरकारले घर बनाइदिने

कोहिमा /मणिपूर सरकारले अब विकलांगहरुलाई सरकारले घर बनाइदिने योजना सुरु गर्ने भएको समाचार छ ।
हिजो साझ दरबार हलमा आयोजित एउटा पत्रकार सम्मेलनमा मुख्यमन्त्री एन विरेनले भने कि राज्यमा दिन प्रतिदिन विकलांगहरुको स्थिति भने खराब हुँदै गएको र उनीहरूले उचित रूपमा बसोबासो गर्न नपाएको कुरा चर्चामा आएकोले सरकारले उक्त योजना सुरु गर्ने कुरा गरेको हो ।
उनले अगाडि भने कि सरकारले राज्यको सबै जिल्लाहरुमा सो योजना अन्तर्गत घरको निर्माण गरिने छ ।जसमा करीब बारह करोडको खर्च आउने छ ।यसको लागि सरकारले केन्द्र सरकार संग पनि पहल गर्ने भएको छ ।
उनले अगाडि थपे कि आउने दिनहरूमा सरकारले राज्यलाई अझै राम्रो र शसक्त बनाउने कार्यमा पाइला चाल्ने छ ।
मणिपुरमा शान्ति स्थापनार्थ गर्ने कुरालाई उजागर गर्दै उनले भने कि सरकारले आफ्नो स्थानबाट पहल गरिरहेको छ ।जसको परिणामस्वरूप हामीले विभिन्न बैठकहरु गरेका हौं ।
उनले अगाडि थपे कि राज्यमा सडकको स्थितिमा भने अब सुधार हुनेछ जसको लागि केन्द्रीय सडक एवं परिवहन मन्त्री लगायत मन्त्रालय समेतलाई धन्यवाद दिन सकिन्छ ।
यस अवसरमा राज्यका उच्चस्तरिय अधिकारीहरुको बाक्लो उपस्थिति थियो ।
डा हरिमोहन पोखरेल

प्रतिक्रिया