Pura Samachar

अगफगानिस्तान ए ले भारत ए लाई पराजित गर्दै फाइनलमा

प्रकाशित: कार्तिक १०, २०८१

अगफगानिस्तान ए ले भारत ए लाई पराजित गर्दै फाइनलमा

काठमाडौं  ः ओमानमा जारी एसीसी मेन्स इमर्जिङ कप टी–२० प्रतियोगितामा अगफगानिस्तान ए ले भारत ए लाई पराजित गर्दै फाइनलमा पुगेको छ।

 

 

इमर्जिङ एसिया कपको दोस्रो सेमिफाइनल खेलमा अफगानिस्तान ए ले भारत ए माथि २० रनको जित हासिल गरेको हो।

अफगानिस्तान ए ले दिएको २०७ रनको लक्ष्य पछ्याएको भारत ए ले निर्धारित २० ओभरमा १८६ रन मात्र बनायो

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तान ए ले २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनाएको थियो।

पहिलो सेमिफाइनलमा श्रीलंका ए ले पाकिस्तान ए लाई पराजित गरेको थियो।  अब फाइनलमा अफगानिस्तान ए र श्रीलंका ए आइतबार भिड्ने छन्।

प्रतिक्रिया