Pura Samachar

अन्डर सेभेन्टिन एसिया कपको छनोट: नेपाल कतारसँग ५–० ले पराजित

प्रकाशित: कार्तिक ९, २०८१

अन्डर सेभेन्टिन एसिया कपको छनोट: नेपाल कतारसँग ५–० ले पराजित

काठमाडौं : नेपाल एएफसी अन्डर सेभेन्टिन एसिया कपको छनोट अन्तर्गत गएराति भएको खेलमा आयोजक कतारसँग पराजित भएको छ। नेपाल कतारसँग ५–० ले पराजित भयो।

गएरातिको हारसँगै नेपाल छनोटबाटै बाहिरिएको छ। पहिलो खेलमा जापानसँग ९–२ ले पराजित भएको नेपालले लगातार दुई खेलमा पराजित भएर एक खेल खेल्नु अगावै बाहिरिएको हो। नेपालविरुद्ध कतारका फैसलले ह्याट्रिक गरेका थिए।

खेलको २१ औं मिनेटमा हानी मोहम्मदले कतारलाई अग्रता दिलाएपछि फैसलले लगातार तीन गोल गरे। उनले खेलको ४५, ५५ र ८२ औं मिनेटमा गोल गरेका थिए। निर्धारित समयको चार मिनेट मात्र बाँकी रहँदा अल मारजुईले कतारलाई ५(० को अग्रतासम्म पुर्‍याएका थिए। कतारको यो लगातार दोस्रो जित हो।

बुधबार मंगोलियामाथि कतारले २û० को जित हात पारेको थियो।

अब नेपालले भोलि राति मंगोलियासँग खेल्ने तालिका छ। हरेक समूहको शीर्ष स्थानमा रहने टोली अर्को वर्ष साउदी अरबमा हुने प्रतियोगितामा छनोट हुनेछ।

उत्कृष्ट उपविजेताले पनि उमेर समूहको एसियन कप खेल्नेछन्।

प्रतिक्रिया