काठमाडौं । रावलपिंडी टेस्टमा पाकिस्तानले इंग्ल्याण्डलाई ९ विकेटले पराजित गरेको छ । योसँगै पाकिस्तानले सन् २०२१ पछि घरेलु टेस्ट सिरिज जितेको छ ।
खेलको तेस्रो दिन इंग्ल्याण्ड दोस्रो इनिङ्समा ११२ रनमा समेटिएको थियो । टोलीले पाकिस्तानलाई ३६ रनको लक्ष्य दिएको थियो । जुन पाकिस्तानले ३.१ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो । कप्तान शान मसूदले ६ बलमा २३ रनको इनिङ खेले । उनले छक्का प्रहार गर्दै खेल जिताएका थिए ।
शनिबारको खेलमा इङ्ल्यान्डले आफ्नो हिजोको स्कोर २४/३ भन्दा अगाडि खेल्न थालेको थियो । टोलीका तर्फबाट जो रुटले ३३ र ह्यारी ब्रुकले २६ रन बनाए ।
प्रतिक्रिया