काठमाडौं । भुटानलाई हराउँदै बंगलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा बंगलादेशले भुटानलाई ७-१ गोलअन्तरले पराजित गरेको हो ।
बंगलादेशका लागि तोहुरा खातुनले ह्याट्रिक गरिन् भने सबिना खातुनले दुई तथा रितु पोर्ना चक्माले एक गोल गरिन् । यता भुटानका लागि देकी ल्हजोमले एक गोल फर्काइन् ।
अब बंगलादेशले दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनलमा नेपाल र भारतबीच साँझ साढे ६ बजे आमनेसामने हुनेछन् ।
प्रतिक्रिया