Pura Samachar

पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

प्रकाशित: कार्तिक १२, २०८१

पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– देशभर पश्चिमी वायुका साथै बंगालको खाडीमा विकसित दाना चक्रवातको आंशिक प्रभाव रहेको छ।

जसका कारण कोशीमा आंशिकदेखि साधारणतया र बाँकी प्रदेशमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

यसैगरी, राति देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशीका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षासमेत हुने महाशाखाले जनाएको छ।

प्रतिक्रिया