Pura Samachar

सुनको मूल्य ह्वात्तै बढयाे

प्रकाशित: कार्तिक १३, २०८१

सुनको मूल्य ह्वात्तै बढयाे

काठमाडौं । बुधबार सुनको मूल्य ह्वात्तै बढेको छ । मंगलबारको तुलनामा आज सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार ७०० रुपैयाँ कायम भएको हो ।

अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ६८ हजार ५०० रुपैयाँ कायम थियो । महासंघका अनुसार आजको नयाँ मूल्य हालसम्मकै उच्च हो । पछिल्लो समय सुनको मूल्य निरन्तर बढ्दै आएको छ ।

आज छापावाल सुन प्रति १० ग्राम १ लाख ४६ हजार ३५० रुपैयाँ कायम भएको छ । यसैबीच आज चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा २ हजार १०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार १५ रुपैयाँ बढेर २ हजार १२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

 

प्रतिक्रिया