Pura Samachar

युएईसँग पराजित हुँदै नेपाल हङकङ सिक्स क्रिकेटको प्लेट सेमिफाइनलबाटै बाहिरियाे

प्रकाशित: कार्तिक १८, २०८१

युएईसँग पराजित हुँदै नेपाल हङकङ सिक्स क्रिकेटको प्लेट सेमिफाइनलबाटै बाहिरियाे

काठमाडौं। युएईसँग पराजित हुँदै नेपाल हङकङ सिक्स क्रिकेटको प्लेट सेमिफाइनलबाटै बाहिरिएको छ।

आइतबार भएको खेलमा नेपाल पाँच विकेटले पराजित भएको हो। नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको युएईले चार बल बाँकी छदै एक विकेट गुमाएर ९६ रन बनाएर पुरा गर्यो।

कप क्वार्टरफाइनलबाट बाहिरिने टोलीलाई प्लेट सेमिफाइनल खेल्ने अवसर दिइएको थियो। त्यसमा पनि नेपाल पराजित हुन पुगेको हो।

प्रतिक्रिया