Pura Samachar

नेपालले आज स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दै

प्रकाशित: कार्तिक १९, २०८१

नेपालले आज स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं – अमेरिका भ्रमणमा रहेको नेपालले आज स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दै आईसीसी त्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिका भ्रमण टुंग्याउँदैछ । चोटका कारण करण केसीले आजको खेल गुमाउने सम्भावना छ ।

अलराउन्डर करण शनिराति भएको अमेरिकासँगको खेलका क्रममा घाइते भएका थिए । त्यसैले प्रशिक्षक मोन्टी देसाइले स्कटल्यान्डविरुद्ध उनलाई आराम दिन सक्छन् ।

घरेलु टोलीसँगको दोस्रो खेलमा पनि पराजित भएको नेपाल जितका साथ सिरिज अन्त्य गर्ने लक्ष्यमा हुनेछ । अमेरिकासँग पहिलो खेलमा नेपाल तीन विकेट र दोस्रो खेलमा ३७ रनले पराजित भएको थियो । स्कटल्यान्डविरुद्ध भने नेपाल तीन ओडिआइ यता अपराजित छ । जारी सिरिजको पहिलो खेलमा नेपाल ५ विकेटले विजयी भएको थियो । उत्कृष्ट बलिङ प्रदर्शन गरेको नेपालले स्कटल्यान्डलाई ४१ दशमवल ४ ओभरमा १ सय ५४ रनमा अल आउट गरेको थियो ।

जवाफमा २९ ओभर ५ वलमा पाँच विकेट गुमाएर नेपालले लक्ष्य भेट्टायो । सो खेलमा आरिफ शेखले अविजित ५१ रनको योगदान गरेका थिए । लिग टु का एघार खेल खेलिसकेको नेपालले अपेक्षाकृत प्रदर्शन गर्न सकेको छैन । तालिकाको सातौं स्थानमा रहेको नेपालको मात्र ५ अंक छ । दश खेलबाट १३ अंक जोडेको स्कटल्यान्ड तेस्रो स्थानमा छ ।

स्कटल्यान्ड, रोहित पौडलको टिमसँग पहिलो खेलमा बेहोरेको हारको बदला लिने योजनामा छ । टेक्सस डालास स्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा हुने खेल राति सवा नौ बजे सुरु हुनेछ ।

प्रतिक्रिया