Pura Samachar

माओ -कोहिमा बीचमा हाइवेको स्थिति नाजुक

प्रकाशित: कार्तिक २१, २०८१

माओ -कोहिमा बीचमा हाइवेको स्थिति नाजुक

 

कोहिमा / भारत्को एशियन हाइवेको नामले जानिने नेशनल हाइवे २९ को माओ र कोहिमा बीचमा हाइवेको स्थिति भने निकै नाजुक अवस्थामा रहेको समाचार छ ।
प्राप्त समाचार अनुसार गत केही दिन अगाडि साउदन अंगामी युथ ओर्गनाइजेशन (SAYO )ले दिएको जानकारी अनुसार यो एरियामा निकै ठुलो दुर्घटना हुने सङ्केत गर्दै नेशनल हाइवे इन्फस्टक्चर एन्ड डेभलप्मेन्ट औथोरीटी(NHIDA )लाई छिटो हाइवेको मर्मत गर्ने सुझाव दिएको थियो ।
समाचारले अगाडि जनाए अनुसार सायोले दिएको समयमा हाइवेको मर्मत नगरे बमोजिम उक्त संस्थाले हाइवे औथोरीटीको कोहिमाको कार्यालय समेत बन्द गरेको खबर छ ।
हाइवेको कुरालाई लिएर यो सम्वाददाताले केही चालक र आम मानिसहरु संग कुरा गर्दा उनीहरू भन्छन कि हाइवेको माओ -कोहिमा बीचमा हाइवेको स्थिति खराब भएको निकै भयो ।सरकारले सुनेको छैन हामीले सक्दो प्रयास गरेको हो ।
एकजना चालक भन्छन कि करीब साल भयो हामीले सरकारलाई हाइवेको मर्मत गर्ने कुरा गरेको फेरि पनि समयमा काम भएको छैन ।
चालकले अगाडि थपे कि हिलो र धुलोले जिन्दगी जाने भयो फेरि पनि काम भने भएको छैन ।
एकजना सवारी दिमापुर जानेले भने कि यो एरियामा सरकारले काम नगरेको बुझियो किनभने धेरै चोटी आवतजावत गर्दा पनि रास्ताको हालतमा भने सुधार छैन ।मानिसको ज्यान जाने संभावना धेरै देखिन्छ ।
एकजना स्थानीयले भने कि सरकारले रास्ता नबनाएर हाम्रो जीवन नर्क भएको छ किनभने रोजैको हिलो र धुलोले बर्बाद भयो ।अब लामो कुरा नगरेर सरकारले रास्ता बनाउने काम गरोस।
उपरोक्त कुरा अनुसार अब सरकारले जल्दी भन्दा जल्दी हाइवेको मर्मत गरोस अन्यथा धेरै ठुलो दुर्घटना हुन सक्छ भन्दा फरक नपर्ला अनि सम्बन्धित निकायले पनि छिटो भन्दा छिटो पहल गरोस ।
डा हरिमोहन पोखरेल

प्रतिक्रिया