Pura Samachar

भारतकाे दक्षिण अफ्रिकाविरुद्धको टी २० सिरिजमा विजयी शुरुवात

प्रकाशित: कार्तिक २४, २०८१

भारतकाे दक्षिण अफ्रिकाविरुद्धको टी २० सिरिजमा विजयी शुरुवात

काठमाडौं । भारतले दक्षिण अफ्रिकाविरुद्धको टी २० सिरिजमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा भारतले दक्षिण अफ्रीकालाई ६१ रनले पराजित गरेको हो ।

भारतले दिएको २०३ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिका १७.५ ओभरमा अल आउट हुँदै १४१ रन मात्र बानाएको थियो ।

दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले २५, गेराल्ड कोएत्जीले २३ बाहेक अन्य ब्याट्सम्यानले योगदान दिन असफल हुनुभयो । दक्षिण अफ्रिकाको ब्याटिंग ध्य्वस्त गर्नेक्रममा भारतीय बलर बरुण चक्रवर्ती र रवि विस्नोईले ३/३ विकेट लिनुभयो । आवेश खानले २ तथा अर्शदीप सिंहले एक विकेट लिनुभएको थियो ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ८ विकेट गुमाउदै २०२ रन बनाएको थियो । भारतका लागि सन्जु सामसनले १०७ रन बनाउनुभयो । तिलक बर्माले ३३, कप्तान सुर्यकुमार यादवले २१, रिंकु सिंहले ११ रन बनाउनुभएको थियो ।

भारतको यो जितपछि ४ खेलको सिरिजमा १-० को अग्रता हासिल गरेको छ । अब सिरिजको दोस्रो खेल आइतबार हुने छ ।

प्रतिक्रिया