काठमाडौं । आइतबार छापावाल सुनको मूल्य ५ सय रूपैयाँले घटेको छ ।
शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६६ हजार ५ सय रुपैयाँ कायम भएकोमा आज ५ सय रूपैयाँले घटेर १ लाख ६६ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार ९८० रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले घटेर १ हजार ९६० रूपैयाँ कायम भएको छ ।
प्रतिक्रिया