कोहिमा /मणिपूर राज्यका मुख्यमन्त्री एन विरेन सिंहले १६औं फाइनान्स कमिशनको बैठकमा सहभागिता गर्दै राज्यको विभिन्न स्थानमा प्रगति उन्नति र विकासको कामना गरेको खबर छ ।
मुख्यमन्त्रीले अगाडि थपे कि आगामी दिनहरूमा फोरले सडक को परियोजनालाई थप मद्दत पाउने र बाधित परियोजनालाई पुनः संचालक गर्ने कुरा पनि गरेका छन ।
मुख्यमन्त्रीले अगाडि भने कि राज्यलाई ओर्गानिक खेतीको रूपमा बढावा दिने र पोपी मुक्त बनाउनको लागि प्रयासरत रहेको छ ।उनले अगाडि थपे कि राज्यलाई अलगावमुक्त बनाउनको लागि पनि निरंतरता दिनेछ ।
उनले अगाडि भने कि राज्यलाई शान्ति शौहार्द र भुखमरी मुक्त बनाउने प्रयास जारी छ ।जसले गर्दा राज्यले आफ्नो स्ववावलम्बी बनाउन सकिने छ ।यस महान कार्यमा फाइनाइन्स कमिशनको भुमिका रहने छ ।
डा सन्जिव पगारियाको नेतृत्वमा आएको १६औं फाइनान्स कमिशनको टोलिलाई भव्य रूपमा स्वागत गर्दै मणिपुरेली पारम्परिक खानपिन नृत्य तथा विविध रूपमा प्रदर्शन गरियो ।यस अवसरमा राज्यका सिविल एवं पुलिसका अधिकारीहरुको बाक्लो सहभागिता थियो ।
डा हरिमोहन पोखरेल
प्रतिक्रिया