Pura Samachar

मुख्यमन्त्रीले गरे प्रोफेसनेल कोर्स कोचिङ स्किमको सुरुवात

प्रकाशित: कार्तिक २७, २०८१

मुख्यमन्त्रीले गरे प्रोफेसनेल कोर्स कोचिङ स्किमको सुरुवात

 

कोहिमा /मणिपूर राज्यका मुख्यमन्त्री एन विरेन सिंहले गत केही दिन अगाडि प्रोफेसनेल कोर्स स्किमको आरम्भ गरेको समाचार छ ।
प्राप्त समाचार अनुसार अखिल भारतीय स्तरका परीक्षाहरु जस्तै JEE र NIIT को परीक्षाको समयमा विद्यार्थीहरुले झेल्नुपरेको विभिन्न समस्याहरुलाई समाधान गर्ने सरकारको प्रयास रहेको कुरा थाहा भएको छ ।
समारोहमा बोल्दै मुख्यमन्त्री विरेनले भने कि विशेष गरेर JEE र NIIT एवं अन्य प्रोफेसनेल कोर्सको लागि आफ्नो स्तरमा प्रयास गरे तापनि सरकारले मद्दत गर्नु हाम्रो कर्तव्य रहने छ ।
उनलेे अगाडि थपे कि अब देखि सरकारले यस्तो विद्यार्थीहरुलाई विद्यार्थी अनुदानको रूपमा मासिक चार हजार पाँच सय रुपियाँ दिने छ ।जसले गर्दा उनीहरूको आर्थिक सहयोग हुनेछ ।
उनले अगाडि भने कि कोचिङ व्यवस्थाले गर्दा उनीहरूले सहजै परीक्षामा सफल हुन सक्नेछन र देश र राज्यको नाम समेत राख्ने छन ।
उनले अगाडि थपे कि आर्थिक रूपमा विपन्न विद्यार्थीहरुले पनि अखिल भारतीय स्तरमा भाग लिन सक्ने र इतिहास कोर्ने मौका पाउने छन ।
स्मरण रहोस प्रोफेसनेल कोर्सको सुरुवात भने राज्यको शिक्षा विभागले सुरु गरेको हो ।यसको पहल भने माननीय प्रधानमन्त्री नरेन्द्र मोदीजीको सुपर भिजनमा भएको हो ।
यस समारोहमा राज्यभरिका विभिन्न विद्यार्थी र अभिभावक वर्गको बाक्लो उपस्थिति रहेको थियोे ।
डा हरिमोहन पोखरेल

प्रतिक्रिया