Pura Samachar

श्रीलंकाले न्यूजील्याण्डलाई डिएल मेथड अनुसार ४५ रनले पराजित

प्रकाशित: कार्तिक २९, २०८१

श्रीलंकाले न्यूजील्याण्डलाई डिएल मेथड अनुसार ४५ रनले पराजित

काठमाडौँ – श्रीलंकाले न्यूजील्याण्डलाई ४५ रनले पराजित गरेको छ । एकदिवसीय सिरिजको पहिलो खेलमा श्रीलंकाले न्यूजील्याण्डलाई डिएल मेथड अनुसार ४५ रनले पराजित गरेको हो ।

श्रीलंकाले ४९.२ ओभरमा ५ विकेट गुमाउँदै ३२४ रन बनाएपछि खेल वर्षाले अवरुद्ध भएपछि न्यूजील्याण्डलाई २७ ओभरमा २२१ रनको नयाँ लक्ष्य दिइएको थियो । सो लक्ष्य पछाएको न्यूजील्याण्डले २७ ओभरमा ९ विकट गुमाउँदै १७५ रन मात्र बनाएको थियो ।

यस अघि पहिला ब्याटिङ गरेको श्रीलंकाले कुशल मेण्डिजको १४३ र अभिश्का फेर्नानडोको १०० रनको मद्दतले ४९.२ ओभरमा ५ विकेट गुमाउँदै ३२४ रन बनाएको थियो ।

यो जितपछि श्रीलंकाले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । अब सिरिजको दोस्रो खेल आइतबार हुने छ ।

प्रतिक्रिया