Pura Samachar

न्युजिल्याण्डले इंग्ल्याण्ड विरुद्धको तीन टेष्टको सिरिजका लागि टोली घोषणा

प्रकाशित: मंसिर १, २०८१

न्युजिल्याण्डले इंग्ल्याण्ड विरुद्धको तीन टेष्टको सिरिजका लागि टोली घोषणा

काठमाडौं । न्युजिल्याण्डले इंग्ल्याण्ड विरुद्धको तीन टेष्टको सिरिजका लागि टोली घोषणा गरेको छ । केन विलियम्सन टम लाथमको कप्तानीमा १४ सदस्यीय टोलीमा फर्किएका छन् । साथै नाथन स्मिथको रुपमा नयाँ अनुहार छनोट गरिएको छ । तर भारत भ्रमणमा टोलीलाई ३–० ले ऐतिहासिक जित दिलाएका बायाँ हाते स्पिन बलर अजज पटेललाई हटाइयो । उनी इंग्ल्याण्डविरुद्धको सिरिजका लागि छनोट भएनन् । पटेलले भारतविरुद्ध मुम्बईमा खेलिएको तेस्रो टेष्ट खेलमा १६० रन दिएर ११ विकेट लिएका थिए जसका कारण न्युजिल्यान्डले २६ रनले खेल जितेको थियो । योसँगै किवी टोली तीन वा सोभन्दा बढी टेस्ट म्याचको शृङ्खलामा भारतलाई आफ्नो माटोमा ह्वाइटवास गर्ने पहिलो टोली बनेको छ।

इंग्ल्याण्ड विरुद्धको टेष्ट सिरिजका लागि न्युजिल्याण्डको टोली

टम लाथम (कप्तान), टम ब्लन्डेल, डेभन कोनवे, ज्याकब डफी, म्याट हेनरी, डेरिल मिचेल, विल ओ’रुर्के, ग्लेन फिलिप्स, रचिन रविन्द्र, मिचेल सान्टनर, नाथन स्मिथ, टिम साउथी, केन विलियमसन र विल यंग।

प्रतिक्रिया