Pura Samachar

मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै

प्रकाशित: मंसिर ३, २०८१

मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै

मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । आज बिहान ९ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकले पूर्व सभामुख दमननाथ ढुंगानाको अन्तिम संस्कारबारे आवश्यक निर्णय गर्ने बताइएको छ ।

कलेजो रोगको उपचारका क्रममा ढुंगानाको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा आइतबार निधन भएको थियो । आइतबारै सभामुख देवराज घिमिरेले ढुंगानाको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका थिए ।

उनले आइतबार साँझ कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियालाई फोन गरेर सरकारको ध्यानाकर्षण गराएका थिए । सोहीअनुसार सरकारले आवश्यक निर्णय गर्न लागेको हो ।
स्वर्गीय ढुंगानाको आजै अन्तिम संस्कार गर्ने तय भएको पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया