कोहिमा /नागाल्याण्ड राज्यको राजधानी मानिने कोहिमा शहरमा दिन -प्रतिदिन ट्राफिक जामको समस्या बढी रहेको खबर छ ।
प्राप्त समाचार अनुसार बिहानीको समय करीब नौ बजे देखि अनि बेलुकी भने तीन बजे पछी अति नै जाम भएको कारणले मानिसहरूलाई आफ्नो गन्तव्य स्थानमा पुग्नको लागि अति नै गाह्रो भएको कुरा पनि प्रकाशमा आएको कुरा नौलो चाहिँ होइन ।
समाचारले अगाडि जनाए अनुसार सन् २०२१ बाट भारत सरकारले Smarat city को रूपमा चयनित गरेको city भित्र भने कतिपय कुराहरुको निर्माण कार्य चली रहेको देखियो भने ट्राफिक जाम भने उस्ताको उस्तै रहेको कुरा पनि जान्न पाइन्छ ।
ट्राफिक जामको समस्यालाई लिएर एक दुईजना संग कुराकानी गर्दा उनीहरू भन्छन कि हामी आफ्नो कार्यालय भने समयमा पुग्न सकेको छैन किनभने कोहिमामा रोजै ट्राफिक जाम बढी रहेको छ ।जसको मार भने हामीले भोग्नुपरेको छ ।
एकजना विद्यार्थी भन्छन कि हाम्रो पनि हालत त उही हो ।जसले गर्दा आज हामी पनि स्कुल पैदल हिंड्नमा बाद्य भएको हो ।
यसै कुरालाई लिएर कोहिमा ट्राफिक पुलिसलाई सम्पर्क गर्दा उनीहरू भन्छन कि सरकारले यस समस्याबाट माथि उस्किनको लागि निरन्तर प्रयास गरिरहेको छ ।फेरि पनि सरकारको काम भने समयमा सम्पन्न हुन नसक्दा भने जनताले दुख पाएका हुन ।
उनले अगाडि भने कि सरकारले सक्दो प्रयास गर्ने नै छ ।फेरि पनि जनताले धैर्य राख्नुपर्ने छ ।
हेर्दै जाउ कहिले सम्ममा कोहिमाको जामले एउटा नयाँ दिशा तर्फ अगाडि बढला अनि जनताले राहत पाउला त्यो त आउने भविष्यले नै बताउला । डा हरिमोहन पोखरेल
प्रतिक्रिया