आइतबार दिउँसो इटहरी उपमहानगरपालिका–१६ बालग्राम चोकमा को३६प ५६३७ नम्बरको मोटरसाइकललाई विपरीत दिशातर्फ जाँदै गरेको सवारीले ठक्कर दिँदा संखुवासभाको धर्मदेवी निवासी श्रीमानश्रीमतीको मृत्यु भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक ३२ वर्षीय युवराज गुरुङ र टीका गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ। पहिचान खुलिनसकेको सवारीको ठक्करबाट उनीहरु गम्भीर घाइते भएका थिए।
घाइते दुवैजनालाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याउनसाथ मृत्यु भएको प्रहरीले जनाएको छ।
स्थानीयका अनुसार भ्याजिक भ्यान र टिपर ओभरटेक गर्नेक्रममा मोटरसाइकल उक्त दुई सवारी साधनको बीचमा चेप्टिएर दुर्घटनामा परेको हो।
दुर्घटनास्थल छेउमै रहेको सीसी क्यामेरा बिग्रिएकोले कुन सवारी साधनले मोटरसाइकललाई ठक्कर दिएको हो खुल्न नसकेको प्रहरीले जनाएको छ। दुर्घटनास्थल आसपासमा रहेको अन्य सीसी क्यामेराको सहयोगमा घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया