Pura Samachar

बोर्डर–गावस्कर टेस्ट सिरिज: भारत २९५ रनले विजयी, सिरिजमा १-० को अग्रता

प्रकाशित: मंसिर १०, २०८१

बोर्डर–गावस्कर टेस्ट सिरिज: भारत २९५ रनले विजयी, सिरिजमा १-० को अग्रता

काठमाडौं । बोर्डर–गावस्कर टेस्ट सिरिजको पहिलो खेलमा भारतीय क्रिकेट टोलीले अस्ट्रेलियालाई पराजित गरेको छ ।

पर्थमा भएको खेलको पहिलो इनिङ्समा भारतले १ सय ५० रन बनाएको थियो । जवाफमा अस्ट्रेलियाले १ सय ४ रन मात्रै बनाउन सकेको थियो ।

भारतले ४८७ रन बनाएर दोस्रो इनिङ्स घोषणा गरेको थियो । ५३४ रनको लक्ष्य पछ्याउन आएको अष्ट्रेलियाको टोली २३८ रन मात्रै बनाउन सक्यो । भारत २९५ रनले विजयी हुनुका साथै सिरिजमा १-० को अग्रता पनि बनाएको छ ।

अष्ट्रेलियाका लागि दोस्रो इनिङ्समा भारतीय कप्तान जसप्रित बुमराह र मोहम्मद सिराजले तीन–तीन विकेट लिए । उनलाई वासिङ्टन सुन्दर र नितिश कुमार रेड्डीले राम्रो साथ दिए ।

अष्ट्रेलियाका लागि ट्राभिस हेडले सर्वाधिक ८९ रनको पारी खेले । त्यस्तै, मिचेल मार्सले ४७ रन बनाए ।

भारतका लागि दोस्रो इनिङ्समा यशस्वी जैसवालले १६१ रन, विराट कोहलीले १०० (अनटआउट) र केएल राहुलले ७७ रन बनाएका थिए ।

प्रतिक्रिया