काठमाडौं : स्थानीय तहमा रिक्त ४१ सदस्य चयन गर्न आज मतदान हुँदैछ।
कहाँ-कहाँ हुँदैछ मतदान ?
कीर्तिपुर नगरपालिकाको प्रमुख र जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख, मोरङको ग्रामथान र दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष, दोलखाको गौरिशङ्कर, रुकुम (पूर्वी भाग) पुथा उत्तरगङ्गा, हुम्लाको सर्केगाड र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ।
यस्तै वडाध्यक्षमा ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका- ३, झापाको कन्काई नगरपालिका- ६, तेह्रथुमको लालिगुराँस नगरपालिका- ८, सुनसरीको गढी गाउँपालिका- ६, ओखलढुङ्गाको मोलुङ गाउँपालिका- ५, उदयपुरको त्रियुगा नगरपालिका- १२ र बेलका नगरपालिका- ९, सप्तरीको डाक्नेश्वरी नगरपालिका- १ र ४, धनुषाको धनुषाधाम नगरपालिका – १, महोत्तरीको रामगोपालपुर नगरपालिका- २, रौतहतको ईशनाथ नगरपालिका – ७, रौतहटका राजपुर नगरपालिका- ६ र गढीमाई नगरपालिका- ८ मा निर्वाचन हुनेछ।
काठमाडौँको काठमाडौँ महानगरपालिका – १६, कीर्तिपुर नगरपालिका- १ र ४, नुवाकोटको ककनी गाउँपालिका- २, मकवानपुरको हेटौँडा उपमहानगरपालिका – १२, गोरखाको गोरखा नगरपालिका- ५, गुल्मीको मुसिकोट नगरपालिका- १, कपिलवस्तुको शुद्धोधन गाउँपालिका- १, रोल्पाको रुन्टीगढी गाउँपालिका- ४, बर्दियाको ठाकुरबाबा नगरपालिका- ४ र रुकुम पश्चिम भागको सानीभेरी गाउँपालिका- ५ वडाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ।
दैलेखको दुल्लु नगरपालिका- १३, जाजरकोटको कुसे गाउँपालिका- ७, कालीकोटको तिलागुफा नगरपालिका – ४, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका- ५, बझाङको सूर्मा गाउँपालिका- ४, डोटीको पूर्वीचौकी गाउँपालिका- ६, दार्चुलाको दुहुँ गाउँपालिका- ५ र कञ्चनपुरको भीमदत्त नगरपालिका- ६ मा निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन्।
यसअघि जिल्ला समन्वय समिति ओलखढुङ्गा र कैलालीका प्रमुखमा क्रमशः नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीकाकुमारी चौधरी भूल तथा रुकुम पूर्वी भागपुगा उत्तरगङ्गा गाउँपालिका- २ मा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका जगत घर्ती निर्विरोध निर्वाचित भइसकेका छन्।
प्रतिक्रिया