नेपाल आयल निगमले पेट्रोलको मूल्य वृद्धि गरेको छ। निगम सञ्चालक समितिको शनिवार बसेको बैठकले आजै मध्यरातदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको हो । जसअनुसार अब काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ कायम भएको छ ।
इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ५८ पैसा बढेर आएको छ । यस्तै डिजेलको मूल्य १८ पैसा घटेर आएपनि मूल्यमा कुनै हेरफेर गरिएको छ।
निगमका अनुसार मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ ७४ पैसा, हवाई इन्धनमा १ रुपैयाँ ३५ पैसा र एलपी ग्यासमा प्रतिसिलिन्डर १४ रुपैयाँ ४९ पैसाले बढेर आएको छ ।
प्रतिक्रिया