Pura Samachar

काठमाडौं गुर्खाजकाे पहिलो जित

प्रकाशित: मंसिर १९, २०८१

काठमाडौं गुर्खाजकाे पहिलो जित

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौं गुर्खाजले पहिलो जित निकालेको छ।​ कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्णाली याक्सलाई ३ विकेटले हराएको हो। १५० रनको लक्ष्य काठमाडौंले १९.३ ओभरमै सात विकेट गुमाएर पूरा गर्‍यो।

 

काठमाडौंको जितमा सुमित महर्जनले अविजित ४० रन बनाए। गेरार्ड इरासमसले ३८, करन केसीले २८ र मिचेल लेभिटले २२ सन बनाउनुबाहेक अरु ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

कर्णालीका लागि शिखर धवनले अविजित ७२ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन। टस हारेर ब्याटिङ गरेको कर्णलीले ५ को विकेटको क्षतिमा १४९ रन बनाएको थियो। कर्णालीका  चाडविक वाल्डन २१, बाबर हायात १३, गुलशन झा १२, अर्जुन घर्ती ४ रनमा स्वटरबाट बोल्ड भए भने ओपनर देव खनाल डक आउट भए।

गेरार्ड इरासमसले दुई विकेट नाथन सोटर करण केसी र दिपेश कंडेलले समान एक एक विकेट लिए। काठमाडौले पहिलो जित दर्ता गर्दा कर्णलीले भने लगातार दोस्रो हार व्यहोरेको छ । यसअघि कर्णाली आफ्नो पहिलो खेलमा जनकपुर बोल्टसँग ८ विकेटले पराजित भएको थियो।

प्रतिक्रिया