Pura Samachar

कोहिमामा नाइट कार्निभल शुरु भएको खबर

प्रकाशित: मंसिर १९, २०८१

कोहिमामा नाइट कार्निभल शुरु भएको खबर

कोहिमा /नागाल्याण्ड राज्यको राजधानी मानिने कोहिमा शहरको हाईस्कुलमा गत एक दिसम्बरबाट नाइट कार्निभल अर्थात नाइट बजार लागेको समाचार छ ।


अंगामी युवा संगठन द्वारा प्रत्येक वर्ष लगाइने नाइट कार्निभल भने यस वर्ष दुई जग्गामा लगाएको छ ।यस पटक हाईस्कुलमा खेलमैदान भने विभिन्न प्रकारको लोटरीहरु र थोक दाममा पाइने कपडाहरु रहेको छ भने हाईस्कुल मेन जङ्गसनमा भने खाद्य सामाग्री लगायत नानीहरुको खिलौनाहरु मुख्य आकर्षक रहेको छ ।
नाइट कार्निभलमा धेरै जना प्रत्यक्षदर्शीहरु संग कुराकानी गर्दा उनीहरूले बताए कि यस पटक भने गत साल जस्तो मज्जा नआएको र समयमा पैसा नपाएकोले गर्दा निकै अलग्गै भएको कुरा गरेका छन ।
एकजना महिला संग कुराकानी गर्दा उनीले बताइन कि यस वर्ष भने समयमा सेलेरी नपाउनाले गर्दा नानीहरुलाई उनीहरूको मर्जी बमोजिमको सरसामान किन्न नपाएकोमा दुख व्यक्त गरेकी छिन ।
हेर्दै जाउ आगामी दस तारीख सम्म चल्ने नाइट कार्निभलले मानिसहरू माथी कस्तो प्रभाव देखाउने हो त्यो त आउने भविष्य ले नै बताउला ।
डा हरिमोहन पोखरेल

प्रतिक्रिया