काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको पहिलो खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्ने छन् ।
खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा बिहान ९ बजे सुरु हुनेछ । जनकपुर बोल्ट्स सुरुवाती दुई खेलमा लगातार जित हात पार्दै लयमा छ ।
आज जनकपुर बोल्ट्स लगातार तेस्रो जितको खोजीमा हुनेछ भने पोखरा एभेन्जर्स पहिलो जितको खोजीमा हुनेछ ।दिउँसो सवा १ बजे हुने दोस्रो खेल काठमाडौँ गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच हुनेछ।
प्रतिक्रिया