Pura Samachar

होर्नबिल फेस्टिवलमा गोर्खा हट भएको खबर छ

प्रकाशित: मंसिर २२, २०८१

होर्नबिल फेस्टिवलमा गोर्खा हट भएको खबर छ

 

कोहिमा /नागाल्याण्ड राज्यको कोहिमा अन्तर्गत किशामा गाउँमा गत एक दिसम्बरबाट आरम्भ भएको होर्नबिल फेस्टिवलमा राज्यका गोर्खा समुदायहरुको पनि स्टाल रहेको खवर छ ।
नागाल्याण्ड राज्यको बहुचर्चित दैनिक नागाल्याण्ड पोस्टले गरेको रिपोर्ट अनुसार नागाल्याण्ड राज्यको विकासमा गोर्खाहरुको पनि भुमिका रहेको छ ।उनीहरूको योगदानलाई मुर्त रुप दिनको लागि पनि सरकारले यस वर्षबाट स्टाल लगाउन दिएको हो ।
नागाल्याण्ड गोर्खा एसोसिएसनको अगुवाइमा गोर्खा पब्लिक पन्चायतले लगाएको सो स्टामा गोर्खा जातिहरुका इतिहासिक एवं बाद्यबादनका सामाग्री लगायत पारम्परिक वेश -भुशा साथै सास्कृतिक पोशाकहरु रहेको खबर छ भने दोस्रो विश्वयुद्धको यादमा प्रकाशित गरेको दस्तावेज पनि रहेको छ ।
नागाल्याण्ड पोस्टले गरेको रिपोर्ट अनुसार गोर्खा पब्लिक पन्चायतका अध्यक्ष सन्तु थापाले बताए कि नागाल्याण्ड राज्यमा गत एक दिसम्बर देखि आरम्भ भएको होर्नबिल महोत्सवमा गोर्खाहरुलाई एउटा स्थान दिएकोमा राज्यका मुख्यमन्त्री नेफयु रियो लगायत सबैलाई धन्यवाद दिन चाहन्छु ।
उनले अगाडि बताए अनुसार आगामी दस दिन सम्ममा हाम्रो स्टोलमा भने पर्यटकहरुको भ्रमण भै रहने र केही न केही सरसामानको विक्री हुने कुरा गरेका छन ।
स्मरण रहोस नागाल्याण्डमा सरकारले होर्नबिल फेस्टिवल मनाउन थालेको पच्चीस वर्ष भएको छ ।यस वर्ष सरकारले व्यापक रूपमा विश्वको सामु चिनाउने प्रयास हो ।जो अति सराहनीय छ ।
डा हरिमोहन पोखरेल

प्रतिक्रिया