Pura Samachar

रौतहटमा गएराति स्कर्पियो दुर्घटना हुँदा ८ जनाको मृत्यु

प्रकाशित: मंसिर २५, २०८१

रौतहटमा गएराति स्कर्पियो दुर्घटना हुँदा ८ जनाको मृत्यु

काठमाडौं : रौतहटमा गएराति स्कर्पियो दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ।

 

 

चन्द्रपुर नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गको धन्सार–लमाहा खण्डमा भएको दुर्घटनामा बालबालिकासहित ५ जना घाइते छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । बाराको गढीमाई मेलामा सहभागी भएर सिराहा फर्कँदै गरेका दर्शनार्थी चढेको बा १६ च ३१६२ नम्बरको स्कर्पियो जिप राति सवा १ बजे अनियन्त्रित भइ रुखमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय रौतहट प्रमुख प्रहरी उपरीक्षक दिलिप घिमिरेले जानकारी दिए।

जिप सडक छेउको रुखमा ठोक्किँएर तल खसेको थियो । प्रहरीका अनुसार मृतकहरुको सनाखत हुन सकेको छैन। गम्भीर घाइते एक जनाको बयोधा अस्पताल वीरगञ्ज र अन्यको स्थानीय अस्पताल उपचार भइरहेको प्रहरी उपरीक्षक घिमिरेले बताए।

 

प्रतिक्रिया