काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्य तोलामा २१०० रुपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो तोलामा १ लाख ५० हजार १०० रुपैयाँ कायम भएकोमा आज बढेर तोलामा १ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको हो।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा १ हजार ८६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज बढेर तोलामा १ हजार ९२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
प्रतिक्रिया