Pura Samachar

मणिपूर सरकारले मनायो विजय दिवस

प्रकाशित: पुस २, २०८१

मणिपूर सरकारले मनायो विजय दिवस

कोहिमा/मणिपूर सरकारले हिजो सन् १९७१ को भारत -पाक युद्धमा शहीदहुने वीरहरुको यादलाई स्मरण गर्दै सहिद दिवस मनाएको समाचार छ ।
प्राप्त समाचार अनुसार राज्यको प्रथम मणिपूर बटालियनमा सम्पन्न भएको सो समारोहमा बोल्दै राज्यका मुख्यमन्त्री एन विरेनले भने कि भारत -पाकिस्तानको युद्धको आफ्नो इतिहास छ ।
उनले अगाडि थपे कि सन् १९७१ मा जब पूर्वी पाकिस्तानमा धेरै नै हिंसा हुन थाल्यो त्यस बेला पनि देशमा युद्धको स्थिति पैदा भएको हो ।फलस्वरूप आज बाङ्लादेशको निर्माण हुन पुग्यो ।
उनले अगाडि थपे कि हामीले युद्धबाट पनि केही सिक सिक्नुपर्ने हुन्छ ।
उनले अगाडि थपे कि आज भलै राज्यको स्थिति राम्रो त छैन फेरि पनि भविष्यमाअवश्य सुधार हुनेछ ।
उनले अगाडि भने कि हामीले एक अर्कामा आपसी समन्वय भाइचारा र सद्भाव बनाएर राख्नुपर्ने हुन्छ किनभने देशलाई समृद्ध बनाउन भने यही चीज सफल हुन्छ ।
उनले अगाडि भने कि आज मणिपूरको अवस्था राम्रो नभए पनि सबैतिरबाट शान्ति ल्याउने प्रयास जारी छ ।
यस अवसरमा मुख्यमन्त्रीले शहीदहरुलाई फुलमाला अर्पित गरे भने बाल मुकुन्ददेव विद्यालय का विद्यार्थीहरुले देशभक्ति गीत प्रस्तुत गरे पश्चात् कार्यक्रमको समापन भयो ।
डा हरिमोहन पोखरेल

प्रतिक्रिया