Pura Samachar

मुख्यमन्त्रीले गरे RobenaNi महोत्सव २०२४ मा सहभागिता

प्रकाशित: पुस ४, २०८१

मुख्यमन्त्रीले गरे RobenaNi महोत्सव २०२४ मा सहभागिता

कोहिमा /मणिपूर राज्यका मुख्यमन्त्री एन विरेन सिंहले सेनापती जिल्ला अन्तर्गत पूनानामैको लोकल ग्राउन्डमा आयोजित RobenaNi महोत्सव २०२४मा सहभागिता लिएको समाचार छ ।
समारोहमा बोल्दै मुख्यमन्त्री विरेनले भने कि हामीले हाम्रो संस्कृति र परम्परालाई भुल्नु हुदैन ।किनभने यिनै हाम्रो पहिचान हुन ।
उनले अगाडि थपे कि भलै आज राज्यको स्थिति भने चिन्तनीय छ फेरि पनि सरकारले समन्वय बनाउने प्रयास जारी राखेको छ ।
उनले अगाडि भने कि सरकारले विभिन्न योजनाहरुको शुरूवात गरेको छ ।जसले अवश्य पनि हाम्रो प्रजालाई लाभान्वित गरेको छ ।
राज्यमा शान्ति र सुरक्षाको कुरा गर्दै उनले भने कि शान्ति र बातचीतको माद्यमबाट नै कुनै पनि देशमा विकास संभव छ ।
उनले अगाडि भने कि देशमा अस्थिरता ल्याउने तत्वहरुबाट हामी पर बस्ने गर्नु पर्छ ।
यस अवसरमा राज्यका विभिन्न तप्काका मानिसहरुको बाक्लो उपस्थिति थियोे ।
डा हरिमोहन पोखरेल

प्रतिक्रिया