Pura Samachar

मुख्यमन्त्रीले गरे सुशासन सप्ताह को थालनी

प्रकाशित: पुस ५, २०८१

मुख्यमन्त्रीले गरे सुशासन सप्ताह को थालनी

कोहिमा /मणिपूर राज्यका मुख्यमन्त्री एन विरेनले हिजो साझ सुशासन सप्ताहको थालनी गर्दै राज्यको शासन व्यवस्थाका कतिपय प्रकल्पहरुको थालनी गर्दै गाउँ -गाउँमा सरकार पुर्याउने कामको शुरूवात गरेको खबर छ ।
प्राप्त समाचार अनुसार प्रशासन गाव की ओर को नामले जानिने नेशनल लेवलको क्यामप्यानको रूपमा शुरु गरेको सो कार्यक्रममा सरकारका विभिन्न गतिविधिहरुलाई ग्रामीण स्तरमा जनता सामु देखाइने र बुझाइने कार्यक्रम रहेको छ ।
कार्यक्रमको थालनी गर्दै उनले भने कि सरकारलाई अझै पारदर्शी बनाउने र गतिविधिहरुलाई सीधै गाउँमा पुर्याउने लक्ष्य रहेको छ ।
उनले अगाडि भने कि जब सम्म गाउँमा विकास हुँदैन तब सम्म राज्य र देशको उन्नति संभव छैन ।तसर्थ गाउँको उन्नति गर्ने नै सरकारको पहिलो प्राथमिकता रहने छ ।
यस अवसरमा मुख्यमन्त्रीले गाउँका धेरै प्रतिभाहरुलाई पनि सम्मान गरे ।
डा हरिमोहन पोखरेल

प्रतिक्रिया