Pura Samachar

प्रहरीको हिरासतमा रहेका रवि लामिछानेको सुतिरहेको तस्बिर सार्वजनिक गरेको आरोपमा निकोलस भुसाल पक्राउ

प्रकाशित: पुस ८, २०८१

प्रहरीको हिरासतमा रहेका रवि लामिछानेको सुतिरहेको तस्बिर सार्वजनिक गरेको आरोपमा निकोलस भुसाल पक्राउ

कथ।सहकारीको रकम ठगीमा संलग्न रहेको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका रवि लामिछानेको सुतिरहेको तस्बिर सार्वजनिक गरेको आरोपमा निकोलस भुसाल पक्राउ परेका छन्।

आइतबार उनी काठमाडौँको थलीबाट पक्राउ परेकाे प्रहरी स्राेतले बताएकाे छ। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको कार्यालयले पक्राउ गरेको हो। उनी रास्वपाका समर्थक पनि हुन्।

निकोलसले यही बिहीबार कास्की प्रहरीको हिरासतमा रहेका लामिछानको तस्बिर सिसिटीभीमा खिचेर आफ्नो फेसबुकमा सार्जनिक गरेका थिए।

त्यसपछि रास्वपाका नेताहरूले उक्त तस्बिर सार्वजनिकका विषयमा बिरोध गरेका थिए।

गृहमन्त्रालय पनि तस्बिर सार्वजनिक भएको विषयमा प्रहरी तालिम केन्द्र गण्डकी प्रदेशका प्रमुख एसएसपी मुकुन्द मरासिनीको नेतृत्वमा छानबिन समिति बनाएकाे थियो।

प्रतिक्रिया